logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

अध्यक्षको भनाई

हाम्रो संस्था संचालन अवधिको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको सुखद खबर आदरणीय शेयरसदस्यहरु महानुभावहरु समक्ष जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुसि लागेको छ ।  हाम्रो संस्थाले गत आ.व. ०७७/०७८ को तुलनामा चालु. आ.व. ०७८/०७९ मा समग्र वित्तिय कारोबार लगायत अन्य विविध क्षेत्रमा सन्तोषजनक प्रगती हासिल गर्न सफल भएको छ । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विभिन्न किसिमका विनियमावलीहरु र कार्यविधिहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र राजनीतिक अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं ।

संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न विनियमावलीहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिएको व्यहोरा अवगत गराउन चाहन्छु ।

संस्थाको कारोबारमा भएको बृद्धि सँगै हामीले सदस्यहरूलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरूलाई समेत बृद्धि गर्दै लगेका छौं । बजारको प्रतिस्पर्धा र सदस्यहरूको माग बमोजिम संस्थाको क्षमता अनुसार आन्तरिक सुचना प्रणालीलाई थप सुदृढ गर्दै लगेका छौं । सदस्यहरूलाई नियमित रुपमा लाभांस वितरणको गरिएको छ, भने सदस्यहरुलाई सर्ब सुलभ तरिकाबाट कर्जा लगानी गरिनुका साथै फेन पे सुविधा र वेवसाईट सुविधा समेत उपलब्ध गराईएको छ । अन्तमा, हाम्रो संस्थालाई आगामी दिनमा नेतृत्वदायी संस्थाको रुपमा स्थापित गराई समग्र सहकारी क्षेत्रलाई विकास तथा प्रर्वद्धनमा निर्णयक भूमिका गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

Scroll to Top