logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

भावि कार्ययोजना


१. आगामी आ.ब.०७९/०८० को अन्त्य सम्म संस्थाको कूल कारोवार १४ करोड ६ लाख ७० हजार ८ सय २९ रुपैया, सदस्य संख्या ११ सय जना, शेयर पूँजी २ करोड ३२ लाख ९५ हजार, कर्जा लगानी ९ करोड ४५ लाख ९६ हजार १ सय १ रुपैया र निक्षेप ८ करोड ८३ लाख ७९ हजार ४ सय ८८ रुपैया पुर्‍याइने लक्ष्य लिएका छौं । यी सवै लक्ष्य हासिल गर्न संस्थाको सम्पूर्ण शेयर सदस्यहरुको सक्रीयताले नै महत्वूर्ण भूमिका खेलेको हुन्छ । संस्थाको शेयर पूजींको तुलनामा निक्षेपको अनुपात कम भएकोले यस गरिमामय सभा समक्ष सवै आदरणीय शेयर सदस्य महानुभावहरुज्यूमा सक्रीय कारोवारको लागि पुनः हार्दिक अपिल गर्दछौं ।

२. संस्थामा बढी भन्दा बढी सदस्यता विस्तार गरी संस्थाको सदस्य सङ्ख्या समय सापेक्ष बृद्धि गरिँदै लगिएको छ । साथै संस्थाको पुंजी संरचनालाई सुरक्षित ,सवल र सुदृढ बनाइनेछ ।

३. सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार नयाँ निति नियम कार्यविधिहरु बनाउनु का साथै परिमार्जन गर्दै लगिने छ ।

४. संस्थामा देखिएका जोखिम तथा कमीकमजोरीको पहिचान गरी सो को सुक्ष्म अध्ययन गरी न्यूनीकरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

५. संस्थाका सञ्चालक समिति ,लेखा सुपरीबेक्षण समिति अन्य उपसमिति लगायत कार्यरत कर्मचारीहरुलाई समय सापेक्ष क्षमता अभिबृद्धिका लागि तालिमहरुको आयोजना एवं सहभागी गराइनेछ ।

६. वित्तिय बजारको अध्ययन गरी समय सापेक्ष प्रतिस्पर्धात्मक व्याजदर कायम गरी लागु गरिने छ ।

७. राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहकारी दिवसका साथै अन्य सहकारी अन्तरकृया तथा छलफल कार्यक्रमहरुमा सकृय सहभागिता जनाइने छ ।

८ . निकट भविश्यमा शेयरसदस्य महानुभावहरुको सेवालाई मध्यनजर गरी संस्थालाई आधुनिकीकरण गर्दै थप व्यवस्थित वनाउनको लागि Digital Chandra Surya को अवधारणा अनुसार ः Mobile Banking सेवा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइनेछ ।

९. संस्थाको बार्षिक उत्सबको अवसर पारेर जनचेतनामूलक बृहत सरसफाई र बृक्षारोपण कार्यक्रम गरिने छ ।

१०. यस सहकारीलाई नेपालको सहकारी अभियानमा नमुना सहकारीको रुपमा विकास गर्न निरन्तर रुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

११. नेपालका उत्कृष्ट सहकारीहरुको गतिविधि तथा क्रियाकलापहरुको अध्ययन, अवलोकन तथा सदस्यहरुको क्षमता अभिवृद्वि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१२. निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम संचालन गरिनेछ ।

१३. संस्थाका सदस्यहरुले कुनै पनि क्षेत्रमा उत्कृष्ट काम गरेमा वा सर्वोच्च पदमा आशिन हुनु भएमा संस्थाको तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गर्ने संष्कृतिको विकास गरिनेछ ।

१४. संस्थाका संस्थापक तथा अन्य विशिष्ट व्यक्तिहरुको लागि सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

१५. पोषण तथा योग कार्यक्रम, जिवनशैली विकास जस्ता सदस्यहरुको क्षमता तथा नेतृत्व विकास सम्वन्धी कार्यक्रमहरु गरिनेछ ।

१६. राष्ट्रिय सहकारी सङ्घ, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र सहकारी सङ्घ संस्था लगायत सरोकारवाला निकायहरुसंग सम्वन्धको विकास गरिनेछ ।

१७. संस्थाका विभिन्न समिति र उपसमितिहरु, सदस्य तथा कर्मचारीहरुलाई सहकारी सम्वन्धी शिक्षा तालिम तथा गोष्ठीमा सहभागी गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

१८. रेमिट सेवा तथा कार्यालय समयलाई थप विस्तार गरी प्रभावकारी बनाइने छ ।

१९. संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा प्रभाव पर्ने गरि संस्थाको ख्याती वृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।

२०. खर्च कटौती तथा खर्च मितव्ययीतामा विशेष जोड दिइनेछ ।

२१. बजार प्रतिनिधिहरु थप गरी वजारबाट रकम सङ्कलन कार्यलाई अझ तिव्रताका साथ लागु गरिने छ ।

२२. यस संस्थाको उद्देश्य निम्न आय भएका सदस्यहरुलाई पनि आर्थिक लाभ गराउने उद्देश्य भएकोले लघुवित्त तथा कृषि कर्जा कार्यक्रमलाई विशेष जोड दिईनेछ ।

२३. सदस्यहरुलाई संस्थामा कारोवार सञ्चालन वृद्धि गर्न प्रेरित गर्ने अभिप्रायले सकृय तथा निश्कृय सदस्यको वर्गीकरण गरी अन्र्तक्रिया तथा सचेतना कार्यक्रम सञ्चालनका साथै सकृृय सदस्यहरुलाई विशेष सुविधा उपलव्ध गराउने कार्य गरिनेछ ।

२४. यस संस्थाबाट कर्जा लिई समयमा साँवा ब्याज भुक्तानी नगर्ने ऋणी सदस्यहरुको ऋणमा जमानी बस्ने शेयर सदस्यहरुबाट संस्थाको लेना रकम असुल उपर गरिनेछ ।

२५. नियमित मासिक बचत गर्ने कार्यलाई अनिवार्य गरिनेछ ।

२६. शेयर सदस्यज्यूहरुलाइ कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले दिर्घकालीन ऋण लगानी कार्यक्रमलाई कार्यविधि बनाई संचालन गरिनेछ । साथै संस्थाको अल्पकालिन तथा दिर्घकालिन रणनैतिक योजनाहरु (Road Map) लाई समय सापेक्ष परिमार्जन गर्दै लगिनेछ ।

२७. यस आ.व. भित्र संस्थाले आफ्नै स्वामित्वको जग्गामा निर्मित भवनबाट सेवा प्रवाह गर्नेछ ।


Scroll to Top