logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

निक्षेप सुविधा

.

 () अनिवार्य मासिक बचत खाता :

  • उद्देश्य : सदस्यहरुको बचत गर्ने बानीको बिकास गर्ने र संस्थाको निक्षेप संरचनालाई मजबुत बनाउने ।
  • सदस्यताको लागि आवेदन गर्ना साथ अनिवार्य रुपमा खोल्नुपर्ने ।
  • कम्तीमा रु. ५००/- र बढीमा ५०० ले भाग जाने जतिसुकै रकम पनि मासिक रुपमा जम्मा गर्न प्रतिबद्धता जनाउनु पर्ने ।
  • यसरी खोलिएको खातामा हरेक महिनाको ७ गते भित्र प्रतिबद्धता जनाएको रकम जम्मा गर्नु पर्नेछ ।
  • यस खतामा जम्मा गर्नुपर्ने बचत रकम ७ गते भित्र जम्मा नगरी १५ गते सम्ममा जम्मा गरेमा रु.५/-, मसान्त सम्म जम्मा नगरेमा रु.१५/- र अर्को महिना लागेपछि जम्मा गरेमा रु. ३०/- जरिवाना बुझाउनु पर्नेछ ।
  • यस खातामा जम्मा भएको रकममध्ये २ वर्ष सम्म जम्मा गरेपछि खाताबालाले झिक्न चाहेमा जम्मा भएको रकमको बढीमा ८० प्रतिशत सम्म झिक्न सक्नेछ । त्यसपछि हरेक वर्ष जम्मा रकमको बढीमा ८० प्रतिशत सम्म झिक्न सक्नेछ ।

 () कारोवार बचत खाता.

  • सदस्यहरुसंग बढी भएको समयमा संस्थामा बचतको रुपमा रकम राख्न र आवश्यक परेको समयमा सजिलै निकाल्न सकियोस् भन्ने अभिप्रायले सरल प्रकृतिको यस्तो खाता प्रचलनमा ल्याइएको हो ।
  • यस खातामा न्युनतम रु.५००/- र अधिकतम जतिसुकै रकम पनि जम्मा गर्न सकिने छ ।

() खुत्रुक्के बचत खाता :

  • सदस्यका नावालक छोरा वा नावालिका छोरीका विभिन्न श्रोतबाट संकलित रकमलाई बचत गर्ने र संस्थाकोनिक्षेपमा समेत योगदान पु-याउने अभिप्रायले खुत्रुक्के बचत खाता संचालन गरिएको हो ।
  • यस प्रकारको खाता संस्थाको सदस्यका नावालक छोरा वा नावालिका छोरीका नाममा खोल्न सकिने छ । यस खाताको संचालन संरक्षकको हैसियतले अविभावक सदस्यले गर्नुपर्नेछ ।
  • खुत्रुक्के बचत खाता जसको नाममा खोल्ने हो उसको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
  • यस खातामा न्युनतम रु.१००/- जम्मा गर्नुपर्नेछ । खातामा जतिसुकै पटक र जतिसुकै रकम जम्मा गर्न सकिनेछ ।
  • खाता खोलेको १ वर्ष पुरा भएपछि मात्र संरक्षकले यस खातामा जम्मा भएको रकम झिक्न चाहेमा सक्नेछ ।

 () गृहिणी बचत खाता :

संस्थाका महिला सदस्यहरुलाई वचत गर्न प्रोत्साहन गर्ने र संस्थाको निक्षेप संरचनालाई विविधतायुक्त बनाउने उद्देश्यले गृहिणी बचत खाता संचालनमा ल्याइएको हो ।

  • यस प्रकारको खाता महिला सदस्यको नाममा मात्र खोलिनेछ ।
  • यस खातामा न्युनतम रु.५००/- र अधिकतम जतिसुकै रकम पनि जम्मा गर्न सकिने छ ।

 () दैनिक बचत :

  • दैनिक आम्दानी भएका सदस्यहरुलाई बचत गर्ने सुविधा उपलब्ध गराउनु का साथै संस्थाको निक्षेपमा समेत बृद्दि गर्ने उद्देश्यले दैनिक बचत खाता संचालनमा ल्याइएको हो ।
  • दैनिक रु.१००/- र सो भन्दा बढी जतिसुकै रकम पनि जम्मा गर्न सकिनेछ ।
  • यस खातामा जम्मा भएको रकम महिनामा एक पटक मात्र झिक्न सकिनेछ ।

 () क्रमिक बचत :

  • सदस्यहरुले स सानो बचत रकम दीर्घकालिन उद्देश्यका लागि क्रमिक रुपमा जम्मा गर्ने र एकमुष्ट रकम प्राप्त गर्ने, निक्षेपको विविधिकरण गर्ने र बृद्दि गर्ने उद्देश्यले ल्याइएको हो ।
  • मासिक रुपमा रु.५००/- देखि रु.५०००/- सम्म जम्मा गर्न सकिनेछ ।
  • भुक्तानी अवधि ५, १० र १५ वर्षसम्मको हुनेछ ।
  • तोकिएको भुक्तानी अवधि समाप्त भएपछि एकमुष्ट रकम भुक्तानी गरिनेछ ।
  • व्याजदर सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
  • योजनामा सहभागी हुने सदस्यले भुक्तानी अवधि नपुगी रकम भुक्तानी पाउने छैन । काबु भन्दा बाहिरको परिस्थिति श्रृजना भई वा सदस्यको मृत्यू भई योजनामा सहभागी हुन नसक्ने भएमा भुक्तानी मिति अगावै पनि रकम भुक्तानी दिन सकिनेछ ।

() जेष्ठ नागरिक बचत खाता :

  • संस्थाका जेष्ठ नागरिक सदस्यहरुलाई बचत गर्न प्रोत्साहन गर्ने, उक्त बचतमा उचित प्रतिफल दिई उनीहरुको जीवन यापनलाई सहज बनाउन योगदान गर्ने र संस्थाको निक्षेप संरचनालाई विविधतायुक्त बनाउने उद्देश्यले जेष्ठ नागरिक बचत खाता संचालनमा ल्याइएको हो
  • यस प्रकारको खाता ६० वर्ष नाघेका सदस्यको नाममा मात्र खोलिनेछ ।
  • यस खातामा न्युनतम रु.५००/- र अधिकतम जतिसुकै रकम पनि जम्मा गर्न सकिने छ ।

(८) विभिन्न अवधिका आवधिक खाताहरु :

  • संस्थाले विभिन्न समयावधिका मुद्धती खाताहरु संचालन गर्नेछ ।
  • विभिन्न अवधिका मुद्धती खाताहरुको व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।
  • व्याज गणना विधि तोके बमोजिम हुनेछ ।
Scroll to Top