logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

कर्जा सुविधा

१) व्यवसाय ऋण (Business Loan)

(क) ग्राह्य सदस्यहरु ः संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरेका कुनै निकायमा दर्ता गरी वा   नगरी यसै क्षेत्रमा लघु तथा साना उद्यम गरिरहेका वा गर्न शुरु गर्ने शेयर सदस्यहरु यस ऋणको लागि ग्राह्य हुनेछन् ।
(ख) प्रयोजन ः व्यवसाय सञ्चालन गर्न आवश्यक चालु तथा स्थीर पूँजीको लागि प्रवाह गरिनेछ।
(ग) अवधि ः ऋणको भुक्तानी अवधि बढीमा एक वर्ष हुनेछ । उक्त ऋण चुक्ता गरेपछि अर्को दिन सकिने छ ।
(घ) भुक्तानी ः भुक्तानी अवधिभित्र जुनसुकै समयमा जतिसुकै सावाँ रकम पनि भुक्तानी गर्न सकिने ।
(ड.) व्याज ः दैनिक मौज्दातको आधारमा गणना गरिने र मासिक रुपमा भुक्तानी गर्नु पर्नेछ । व्याज गणना भएको पन्ध्र दिन भित्र भुक्तानी गरेमा पेनाल व्याज लाग्ने छैन । सदस्यले तोकिएको अवधिभित्र ऋणको तोकिएको साँवा÷व्याज भुक्तानी नगरेमा भुक्तानी नगरेको रकममा दुई प्रतिशत पेनाल व्याज तिर्नु पर्नेछ ।
(च) सुरक्षणः ऋणको साँवा व्याज रकम सजिलै खाम्न पुग्ने गरी धरौटीको व्यवस्था गर्नु पर्नेछ । रु.दुइ लाख सम्मको ऋणको हकमा सदस्यको शेयर, बचतको अवस्था, यस अघि लिएको ऋण आदिको आधारमा अर्को सदस्यको व्यक्तिगत जमानतमा समेत प्रवाह गर्न सकिनेछ । संस्थाले औचित्यताको आधारमा समूह जमानीमा ऋण लगानी गर्न बाधा परेको मानिने छैन ।


(२) घर जग्गा ऋण (Home Loan)

      (क) ग्राह्य सदस्यहरु ः घर जग्गा खरीद वा भवन निर्माण, मर्मतका लागि संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेका शेयर सदस्यहरु ऋणको लागि ग्राह्य हुनेछन् ।
(ख) प्रयोजन ः आवासिय प्रयोजनको लागि घर जग्गा खरिद, घर निर्माण, मरमत गर्न आवश्यक नपुग रकम उपलव्ध गराउन यस शीर्षक मार्फत ऋण प्रवाह गरिनेछ ।
(ग) अवधि ः ऋणको भुक्तानी अवधि बढीमा पाँच वर्षसम्म हुन सक्नेछ । उक्त ऋण चुक्ता गरेपछि अर्को दिन सकिने छ ।
(घ) भुक्तानी ः मासिक किस्तावन्दीमा भुक्तानी गर्नु पर्नेछ । भुक्तानी अवधिभित्र जुनसुकै समयमा जतिसुकै सावाँ रकम पनि भुक्तानी गर्न सकिने छ ।
(ड.) व्याज ः दैनिक मौज्दातको आधारमा गणना गरिने र बराबर मासिक किस्तामा भुक्तानी गर्नु पर्नेछ । मासिक रुपमा किस्ता भुक्तानी गरेमा पेनाल व्याज लाग्ने छैन ।
सदस्यले तोकिएको अवधि भित्र ऋणको साँवा र व्याज भुक्तानी नगरेमा दुई प्रतिशतका दरले पेनाल व्याज बुझाउनु पर्नेछ ।
(च) सुरक्षणः ऋणको साँवा व्याज रकम सजिलै खाम्न पुग्ने गरी धरौटीको व्यवस्था गर्नु पर्नेछ । रु.दुइ लाख सम्मको ऋणको हकमा सदस्यको शेयर, बचतको अवस्था, यस अघि लिएको ऋण आदिको आधारमा अर्को सदस्यको व्यक्तिगत जमानतमा समेत प्रवाह गर्न सकिनेछ । संस्थाले औचित्यताको आधारमा समूह जमानीमा ऋण लगानी गर्न बाधा परेको मानिने छैन ।


(३) शैक्षिक ऋण (Educational Loan) ः


(क) ग्राह्य सदस्यहरु ः सदस्यहरु र उनीहरुका परिवारका सदस्यहरुको शैक्षिक आवश्यकता पूरा गर्न संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेका शेयर सदस्यहरु ऋणको लागि ग्राह्य हुनेछन् ।
(ख) प्रयोजन ः संस्थाका सदस्य र परिवारका सदस्यहरुलाई स्वदेश तथा विदेशमा अध्ययन गर्न आवश्यक पर्ने वित्तीय आवश्यकता पूरा गर्न नपुग रकम उपलव्ध गराउन यस शीर्षक मार्फत ऋण प्रवाह गरिनेछ ।
(ग) अवधि ः ऋणको भुक्तानी अवधि बढीमा ५ वर्ष सम्म हुन सक्नेछ । मासिक किस्तावन्दीमा समेत भुक्तानी गर्न सकिनेछ । उक्त ऋण चुक्ता गरेपछि अर्को दिन सकिने छ ।
(घ) भुक्तानी ः भुक्तानी अवधि भित्र जुनसुकै समयमा जतिसुकै सावाँ रकम पनि भुक्तानी गर्न सकिने । मासिक किस्तावन्दीमा सावाँ व्याज पनि भुक्तानी गर्न सकिने छ ।
(ड.) व्याज ः दैनिक मौज्दातको आधारमा गणना गरिने र बराबर मासिक किस्तामा भुक्तानी गर्नुपर्ने छ । मासिक रुपमा किस्ता भुक्तानी गरेमा पेनाल व्याज लाग्ने छैन ।
सदस्यले तोकिएको अवधि भित्र ऋणको साँवा र व्याज भुक्तानी नगरेमा दुई प्रतिशतका दरले पेनाल व्याज बुझाउनु पर्नेछ ।
(च) सुरक्षणः ऋणको साँवा व्याज रकम सजिलै खाम्न पुग्ने गरी धरौटीको व्यवस्था गर्नु पर्नेछ । रु.दुइ लाख सम्मको ऋणको हकमा सदस्यको शेयर, बचतको अवस्था, यस अघि लिएको ऋण आदिको आधारमा अर्को सदस्यको व्यक्तिगत जमानतमा समेत प्रवाह गर्न सकिनेछ । संस्थाले औचित्यताको आधारमा समूह जमानीमा ऋण लगानी गर्न बाधा परेको मानिने छैन ।


(४) घरायसी सामान ऋण (Home Equipment Loan)


(क) ग्राह्य सदस्यहरु ः संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेका शेयर सदस्यहरु ऋणको लागि ग्राह्य हुनेछन् ।
(ख) प्रयोजन ः संस्थाका सदस्यहरुको लागि टेलिभिजन, रेफ्रिजेरेटर, वासिंग मेसिन, सोफा, दराज जस्ता घरायसी सामान खरीद गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन यस शीर्षक मार्फत ऋण प्रवाह गरिनेछ ।
(ग) अवधि ः ऋणको भुक्तानी अवधि बढीमा १ वर्ष हुनेछ । मासिक किस्तावन्दीमा समेत भुक्तानी गर्न सकिनेछ । उक्त ऋण चुक्ता गरेपछि अर्को दिन सकिने छ ।
(घ) भुक्तानी ः भुक्तानी अवधि भित्र जुनसुकै समयमा जतिसुकै सावाँ रकम पनि भुक्तानी गर्न सकिने । मासिक किस्तावन्दीमा सावाँ व्याज पनि भुक्तानी गर्न सकिने छ ।
(ङ) व्याज ः दैनिक मौज्दातको आधारमा गणना गरिने र मासिक रुपमा भुक्तानी गर्नु पर्नेछ । व्याज गणना भएको पन्ध्र दिन भित्र भुक्तानी गरेमा पेनाल व्याज लाग्ने छैन ।
सदस्यले तोकिएको अवधि भित्र ऋणको साँवा र व्याज भुक्तानी नगरेमा २ प्रतिशत पेनाल व्याज तिर्नुपर्नेछ ।
(च) सुरक्षणः ऋणको साँवा व्याज रकम सजिलै खाम्न पुग्ने गरी धरौटीको व्यवस्था गर्नुपर्नेछ । रु.दुइ लाख सम्मको ऋणको हकमा सदस्यको शेयर, बचतको अवस्था, यस अघि लिएको ऋण आदिको आधारमा अर्को सदस्यको व्यक्तिगत जमानतमा समेत प्रवाह गर्न सकिनेछ । संस्थाले औचित्यताको आधारमा समूह जमानीमा ऋण लगानी गर्न बाधा परेको मानिने छैन ।


(५) मुद्दती बचतको धितोमा प्रदान गरिने ऋण (Loan against Fixed Deposit)


(क) ग्राह्य सदस्यहरु ः संस्थामा मुद्धती खाता खोलेका शेयर सदस्यहरु ऋणको लागि ग्राह्य हुनेछन् ।
(ख) प्रयोजन ः सदस्यहरुको व्यक्तिगत तथा व्यवसायिक आवश्यकता पुरा गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन यस शीर्षक मार्फत ऋण प्रवाह गरिनेछ ।
(ग) अवधि ः भुक्तानी अवधि बढीमा एक वर्ष वा मुद्दती रसिदको भुक्तानी म्यादको अवधिसम्म जुन पहिला हुन्छ ।
(घ) भुक्तानी ः भुक्तानी अवधि भित्र जुनसुकै समयमा जतिसुकै सावाँ रकम पनि भुक्तानी गर्न सकिने । मुद्धती खाताको भुक्तानी म्याद समाप्त भएता पनि ऋण चुक्ता नगरेमा उक्त खाताको रकमबाट लेना रकम काटेर मात्र बाँकी रकम भुक्तानी गरिनेछ ।
(ड.) दैनिक मौज्दातको आधारमा गणना गरिने र मासिक रुपमा भुक्तानी गर्नुपर्ने छ । व्याज गणना भएको पन्ध्र दिन भित्र भुक्तानी गरेमा पेनाल व्याज लाग्ने छैन ।
सदस्यले तोकिएको अवधि भित्र ऋणको साँवा र व्याज भुक्तानी नगरेमा निजको खाताबाट कट्टा गरी असूल गरिनेछ ।
(च) सुरक्षणः संस्थाको मुद्दती रसिद सुरक्षणको रुपमा रहनेछ । रसिदमा उल्लेखित रकमको नब्बे प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।


(६) अन्य ऋण (Other Loan)


(१) कार्यक्षेत्र भित्र बसोबास गर्ने सदस्यहरुको अन्य व्यक्तिगत वा व्यवसायिक आवश्यकता पुरा गर्न विभिन्न शर्त तथा बन्देजहरुको अधिनमा अन्य ऋणहरु प्नि उपलव्ध गराउन सकिनेछ ।

Scroll to Top