
आदरणिय शेयर सदस्य, नियमित बचत कर्ता सदस्य , ऋणीसदस्यज्युहरू,
शेयर सदस्यहरू। हाम्रो टिम ले सस्थाको कारोबार जिम्मा लिएको आज ५ महिना पूरा भै सकेको छ। यो ५ महिनामा हामीले सस्थामा नहुनु पर्ने भएका बिकृतिलाइ धेरै हद सम्म सुधार गरि आएको र अझ केही महिना भित्र अर्थात आउदो साधारसभा सम्ममा कुनै कसुर बाकी न राखी सस्थालाइ पुर्ण स्वस्थ बित्तिय कारोबार भएको सस्थामा रुपान्तरण गर्ने प्रण गर्दछौ।
संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सवल बनाउनको निमित्त हामीले आन्तरिक परिपत्र जारी गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी हेरफेर गर्ने, विभिन्न किसिमको आन्तसरक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलतामा वृद्धि गर्ने गरिएको छ ।
संस्थाको कारोबारमा भएको वृद्धि सँगै हामीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा तथा सुविधालाई समेत बृद्धि गर्दै लगेका छौं । हालसालै हामीले सिग्मा ल्यवरोटरिज सँग सम्झौता गरी हाम्रो शेयर सदस्यहरुलाई ५० प्रतिशत छुटमा ल्याव सेवा र त्यसै गरी समाज डेन्टल सँग सम्झौता गरी दन्त सेवामा ३० प्रतिशत छुट प्रदान गर्ने सुविधा उपलब्ध गराएका छौं ।
हामी सस्थामा प्रबेश गर्नुको औचित्य भन्या हामीले आर्जन गरेका अनुभवलाइ पूरा सदुपयोग गरेर भक्तपुर कै सक्षम स्वस्थ प्रतिस्पधी सस्थामा रुपान्तरण गर्नु नै रहेको छ। अन्त्यमा सस्थाले बचत सङ्कलन गरेर कर्जाको माध्यमबाट सेवा सुबिधा बितरण गर्दै नाफा आर्जन गर्दै शेयर सदस्यहरूलाइ बोनस दिनु, बचतकर्तालाइ ब्याज सुबिधा प्रदान गर्नु केही रोजगारी शृजना गर्नु रहेको छ । सो पुर्ण गर्न एउटै माध्यम कर्जा लगानी लगाउनु नै हो ।
सस्थाबाट स्थापना काल देखि आजका समय सम्म लगानीमा रहेका केही ऋणी सदस्यहरू सम्पर्कमा न रहनु भएको, केही ऋण चुक्ता भुक्तान गर्न आलटाल हेलचेक्राइ गर्नु भएको देखिन्छ। सहकारी ऐन कानुन सहकारी प्राधिकरण तथा कर्जा सुचना केन्द्रमा सस्था सदस्य भैसकेको अबस्थामा अब समयमै कर्जा न तिरी बस्ने ऋणीको सुरक्षण धितो एबम " जमानी बस्ने जमानीकर्ता " सम्मलाइ कालोसुचिमा राखेर अशुली कार्यबाही समयमै गर्न विभिन्न माध्यम बाट सुचित गर्ने गरिएको समेत निबेदन गर्दछौ। सस्था हाम्रो हो हामी सबैको साझा सम्पत्ती भएको हुदा हामी सबैको एकताबद्द समन्वयबाट सस्थालाइ जिवन्त राख्न सकिने हुदा हामी सबैको सहकार्य हुनुपर्दछ। जय सहकारी