logo chandra
Untitled-1-Recovered

मध्यपुर थिमी नगरपालिका - ५, भक्तपुर,

फोन नं. ०१ - ६६३२८७३

इमेल ः sangamchandrasurya@gmail.com

हाम्रो बारेमा

मध्यपुर थिमी नगरपालिकाको तत्कालिन वडा नं। ४ र ५ का बासिन्दाहरुद्धारा मासिक एक हजार रुपैया संकलन गरी गठन गरिएको सामुदायिक कोषलाई मिति २०६५ मंसिर ३० गतेका दिन चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाको नामबाट डिभिजन सहकारी कार्यालय, भक्तपुरमा दार्ता गरे पश्चात निरन्तर सञ्चालनमा रहेको छ । अरनिको राजमार्ग स्थित राधेराधे चोकको उत्तरपट्टि रहेको भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिकाको वडा नं। ५ संगम कोलोनीमा कार्यालय रहेको यस संस्थाको स्थापनाकालमा ३६ सदस्य रहेकोमा हाल १००० भन्दा बढी सदस्य पुगिसकेका छन् ।

सेवा र सन्तुष्टिमा सदस्यमा आधारित सहकारी संस्था चन्द्र सूर्य बचत तथा ऋण सहकारी लि। यसको विश्वसनीयता, अस्तित्व र पहिचान हो। यो सहकारी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडको सदस्य रहेको छ ।
सदस्यहरुको सेवा र सन्तुष्टिलाई मध्यनजर गर्दै सा चन्द्र सूर्यले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । चन्द्र सूर्य सोकोसले सहकारी मूल्यलाई पछ्याइरहेको छ। संस्थाको सङ्गठनको व्यवस्थापन र व्यवस्थापनलाई अगाडि बढाउन र संस्थालाई प्रतिस्पर्धी, किफायती बनाउन आजको आवश्यकता हो । सहकारी ऐन, नियम, मापदण्ड, नियमावली, विभिन्न अन्तरिक नीति, कार्यविधि र निर्देशिकाद्धारा सञ्चालित संस्थालाई थप सुदृढ गर्ने कुरालाई ध्यानमा राख्दै हामी अगाडि बढिरहेका छौं ।

Scroll to Top